मोर्चाले ठड्यायो दमकमा कालो झण्डा




२९ माघ, दमक ।
आन्दोलनरत ३० दलीय मोर्चाले झापाको दमकमा कालो झण्डा ठड्याएको छ ।
मोर्चाको देशब्यापि एक महिने विरोध कार्यक्रमअन्तर्गत दमकको गणतन्त्र चोकमा विहिवार कालो झण्डा ठड्याइएको हो ।




साँझ भएको झण्डा राख्ने कार्यक्रममा एमाओवादी सहित मोर्चा सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो। आगामी फागुन १७ गते काठमाण्डौमा वृहत प्रदर्शन सहित पहिलो चरणको विरोध कार्यक्रम सम्पन्न हुने अभियान अनुसार फागुन २ गते प्रत्येक जिल्लामा प्रशिक्षण, ३ गते जिल्ला प्रशासनमा धर्ना, ९ गते युवा दस्ताद्वारा लाठीसहित सदरमुकाममा प्रदर्शन लगायत मोर्चाको केन्द्रीय नीति रहेको छ ।



Comments