पत्रकार मञ्चको सदस्यता छानविन हुने





२ फागुन, दमक।
झापाको माईपश्चिम क्षेत्रका पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकले सदस्यता छानविन तथा नया सदस्य सिफारिसका लागि समिति गठन गरेको छ । मञ्चका सचिव नगेन्द्रमणि न्यौपानेको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा कृष्ण कार्की, टिकाराम उप्रेती, विष्णु सुब्बा र दिलकुमार लावती रहेका छन् । मञ्चका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले सो समितिलाई एक महिनाभित्र जिम्मेवारी पूरा गरी प्रतिवेदन पेश गर्न पनि आग्रह गर्ने निर्णय गरेको हो । मञ्चमा हाल ६९ जना सदस्य रहेका छन् ।


यो निर्णय सँगै मञ्चको विधान बमोजिम ६ महिना अघिदेखि पत्रकारितामा क्रियाशील नरहेका पुराना सदस्यहरुको सदस्यता खारेज हुनुका साथै पछिल्लो समय क्रियाशील भएर पनि सदस्यता नलिएका पत्रकारहरुले सदस्यता पाउनका लागि ढोका खुल्ला भएको छ । बैठकले मञ्चका अध्यक्ष पोखरेलको कार्यव्यस्तताका कारण केही समयका लागि उपाध्यक्ष विष्णु पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने निर्णयसमेत गरेको छ ।
त्यसैगरी बैठकले दमकका व्यवसायी संगम शर्माले संस्थालाई एक थान ल्यापटप सहयोग उपलब्ध गराएकोप्रति आभार समेत व्यक्त गरेको छ ।





Comments