झापामा बार्षिक ४ करोड इँटा उत्पादन

-->
६ फागुन, दमक।
झापाका २० वटा इटा उद्योगबाट बार्षिक ४ करोड इँटा उत्पादन हुने गरेको छ । त्यो उत्पादनको ८५ प्रतिशत खपत झापा जिल्लामा मात्र हुने गरेको छ ।
इटा उत्पादक संघ झापाका अध्यक्ष योगेन्द्र थापाले जिल्लामा उत्पादित इँटा मेचीका अन्य पहाडी जिल्लामा समेत खपत हुने गरेको जानकारी दिए। उनले एउटा उद्योगले बार्षिक सरदर २२ लाख इँटा उत्पादन गर्ने बताए।
एवान इटा उद्योगका सञ्चालक गुणराज थापाले ४ थरी उत्पादित इँटाहरु बिभिन्न प्रयोजनका लागि उपयोग हुने जानकारी दिए। १ नम्बर इटा घर निर्माणमा बढी खपत हुने उद्योगीहरुले जनाएका छन् ।

-->
कुल उत्पादनको ८० प्रतिशत खपत घर निर्माणमा हुने संघका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसैगरि विद्यालय र सरकारी निर्माणमा कमसल इटा खपत हुने गरेको छ ।
झापामा मोरङ र सुनसरीका उद्योगहरुबाट पनि धेरै इटा आउने गरेको छ । अध्यक्ष थापाका अनुसार जिल्लाको उत्पादनले थेग्न सक्ने स्थिति भने छैन ।
जिल्लामा अहिले प्रतिइँटा १ नम्बरको मूल्य १७ देखि १८ रुपैयाँसम्म छ ।



-->

Comments