विहे गर्न नमान्दा हत्या गर्न खोज्ने माओवादीका पूर्व नेता पक्राउ




७ फागुन, दमक।
झापाको दमक-११ की आशिका पाँचकोटीको आक्रमणमा संलग्न एकिकृत नेकपा माओवादीका पूर्व नेता पक्राउ परेका छन् ।
गएको बैशाख १९ गते पाँचकोटीको हत्या प्रयास गर्ने दमक- १२ का टंक ढकाल पक्राउ परेका हुन् । उनले विवाह गर्ने प्रलोभन देखाउँदा नमानेपछि हत्याको प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय दमकले ढकाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनी एकिकृत माओवादी झापा क्षेत्र नम्बर ७ का पूर्व सचिव हुन् ।
आशिकाका बुबा सूर्य पाँचकोटी अनुसार घर आउँदै गर्दा बाटोमा कोही नभएको समयमा छोरीलाई जबरजस्ती हत्या गर्ने उद्देश्यले धारिलो हतियार प्रहार गरेका थिए । लामो समययता फरार रहेका ढकालले छोरीलाई मार्ने धम्की र यातना दिने गरेको पाँचकोटीले बताएका छन्।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भिम सिलवालले हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका ढकालको बिषयमा अनुसन्धान जारी रहेको जानकारी दिए।
यता केही राजनीतिक दल, महिला अधिकारवादी संस्थाहरुले आरोपीत ढकाललाई कडा कारवाहीको माग गरेका छन् ।


Comments