अध्यक्ष दाहालको 'जो अगुवा उही बाटो ..........' चरित्र




इश्वर भट्टराई, उर्लाबारी।
होटल तथा लजहरूलाई सुधार गरेर लैजान होटल व्यवसायी संघले विभिन्न नीति नियमहरू ल्याएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । बसोबासका लागि खोलिएका सेवामूलक व्यवसाय होटल तथा लजहरू सामाजिक विकृति फैलने यौनजन्य क्रियाकलाप, अपराधको योजना स्थल तथा अपराधी लुक्ने सुरक्षित स्थान बनेका छन् ।
'जो अगुवा उही बाटो .......' भनेझैं विभिन्न छलफल तथा अन्तरक्रियाहरूमा होटल तथा लज सञ्चालकहरूको प्रतिनिधित्व गर्दै प्रतिबद्धता जनाउने अगुवाले नै संघको नीति नियमका साथै सामाजिक मर्यादा उल्लंघन गर्ने गरेको पाइएको छ ।





उता केही साताअघि उर्लाबारी-४ स्थित रिजन होटलमा आपराधिक क्रियाकलापमा संलग्न राजघाट-६ का किरण लिम्बू पक्राउ परेका थिए । उक्त होटलमा उनी १० दिनदेखि दुई युवतीका साथ बस्दै आएका थिए । यसरी उर्लाबारीका होटल र लजमा सामाजिक विकृति फैलने यौनजन्य क्रियाकलाप, अपराधको योजना स्थल तथा अपराधी लुक्ने सुरक्षित स्थान बनेको भन्दै स्थानीयवासी आक्रोशित छन् । यस्तै, होटल तथा लजलाई व्यवसायिक रूपमा मर्यादित बनाउन र सामाजिक मर्यादा उल्लंघन गर्ने होटलहरूलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको उर्लाबारीका बुद्धिजीविहरूको ठहर छ । होटलमा बसेर अपराधको योजना नबनोस् र समाजमा मर्यादित वातावरण कायम होस् भन्ने उद्देश्यले होटलमा प्रहरीले नियमित निगरानी राख्ने उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताए। उनले होटल व्यवसायीलाई समेत ग्राहकको परिचय खुल्ने गरी तथ्याङ्क राख्न अनुरोध गरिएको समेत जनाए।
अनैतिक यौन क्रियाकलापमा संलग्नलाई पहिलो पटकलाई चेतावनी सहित सुध्रिने मौका दिई अभिभावकको जिम्मा लगाई छोडिएको र उक्त होटल सञ्चालकहरूलाई समेत यौन क्रियाकलाप नगराउन चेतावनी दिइएकोसमेत प्रनि भण्डारीले जानकारी दिए।



Comments