एनप्याब्सन फूटबल जारी




१२ फागुन, दमक।
एनप्याब्सन झापाको प्रस्तावित क्लस्टरले सञ्चालन गरिरहेको अतिरिक्त क्रियाकलापमा जारी फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल भएका छन् ।
केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रको खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मंगलबार बिर्तामोडको मिडल पोइन्ट अंग्रेजी स्कुलले लखनपुरस्थित स्मारिका बोर्डिङ स्कुललाई ६-१ को भारी गोल अन्तरले हराएको छ । मिडलका तर्फबाट लप्सन बस्नेतले ३ गोल, विवेक चौहानले २ गोल र प्रकाश तामाङले एक गोल गरेका थिए । स्मारिकाको तर्फबाट श्यामलाल हेमरमले सान्त्वना गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याचसमेत हेमरम घोषित भएका आयोजक प्रस्तावित झापा क्लस्टरका अतिरिक्त क्रियाकलाप संयोजक प्रवीण चाम्लिङले जानकारी दिए ।


त्यसैगरी दोस्रो खेलमा विराट अर्जुन बोर्डिङ स्कुललाई शारदा शिशु सदनले हराएको छ । निर्धारित समयभित्र कुनै गोल हुन नसकेपछि लिइएको टाइव्रेकरमा शारदा विजयी भएको हो । सो खेलको म्यान अफ दि म्याच विराट अर्जुनका अजित सुब्बा घोषित भए।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल मिडल पोइन्ट र होलिबेसिल तथा दोश्रो खेल हलेसी बोर्डिङ दमक १२ र शारदाबीच हुने जनाइएको छ ।







Comments