दमकको मामा चोकमा आदिकविको शालिक बन्दै

मामा चोक अव भानु चोक



६ फागुन, दमक।
झापाको दमकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गरिने भएको छ ।
मंगलवार दमक ११, १० र १ वडाको बीचमा पर्ने मामा चोकमा आदिकवि भानुभक्तको शालिक राख्नका लागि शिलान्यास गरिएको छ । शालिकको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले शिलान्यास गरेका थिए । मामा चोक नाम रहेको सो स्थानलाई मंगलवारबाटै भानुभक्त चोक नामाकरणसमेत गरिएको छ । कुल २ लाख ५० हजार रुपैयाँको लागतमा निर्माणा सम्पन्न हुने सो शालिक निर्माणका लागि मेघराज तिम्सिनाको संयोजकत्वमा निर्माण समिति समेत गठन गरिएको छ ।

समितिको सदस्यहरुमा मोहन भण्डारी, रुद्र निरौला, धनकुटे कान्छा, प्रकाश बुढाथोकी, नरपति पाण्डे, वाइ एन चौलागाई, बिष्णु न्यौपाने, मेहेरमान लिङदेन, भूमि दाहाल, भेषराज न्यौपाने, डम्बर बराललगायत रहेका छन् ।



Comments