बेलबारी नपाको बजेट ५ करोड ८० लाख रूपैयाँ




अनिल घिसिङ
२९ माघ, बेलबारी ।
मोरङको बेलबारी नगरपालिकाले आ.व. ०७२/७३ को अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ८० लाख रूपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
बजेटमा नेपाल सरकारबाट अनुदान प्राप्त हुने रु. ३ करोड ५३ लाख ५९ हजार, जिविसबाट प्राप्त हुने १ लाख ५० हजार, नगरपालिकाको आन्तरिक स्रोतबाट रु. १ करोड २१ लाख ४१ हजार, एलजीडिसीपी समेत अन्यबाट रु. ४ लाख आम्दानी हुने अनुमान गरिएको छ ।



त्यस्तै खर्चतर्फ चालु खर्च रु. १ करोड २५ लाख, पूँजीगत खर्च रु. ४ करोड ५५ लाख, आवधिक योजना तर्जुमाका लागि रु. ८ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी चालु आ.व.मा सम्पन्न हुन नसक्ने योजनाका लागि रु. ८ लाख ५ हजार, नगर स्तरीय योजनाका लागि रु. ५५ लाख २० हजार र लक्षित समुहका लागि रु. ७२ लाख ३० हजार विनियोजन गरिएको छ ।
बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत मनहरि बरालले बजेट प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा मोरङ क्षेत्र नं. ३ का सभाषद् दिलीप गच्छदार र बिशिष्ट अतिथिका रुपमा सभाषद् मधु गुरुङ रहेका थिए ।





Comments