अनेरास्ववियुको नगर सम्मेलन तय




२ फागुन, दमक।
अनेरास्ववियु दमक नगर कमिटीले आउँदो नगर सम्मेलन फागुन १६ गते गर्ने निर्णय गरेको छ । तुलसी पुरीको अध्यक्षतामा रहेको संगठनको नगर कमिटीको शुक्रबार सम्पन्न बैठकले सो सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले सम्मेलनअघि नगरमा रहेका मावि र उमाविमा संगठन निर्माण तथा प्रतिनिधि चयन गर्ने पनि निर्णय गरेको छ ।

नेकपा एमाले झापा क्षेत्र नं ७ का विद्यार्थी फाँट इञ्चार्जसमेत रहेका संगठनका मेची अञ्चल कमिटी उपसचिव पदमप्रसाद न्यौपानेको प्रमुख आतिथ्य र पार्टी नगर कमिटी सचिवालय सदस्य महेश घिमिरे लगायतको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।





Comments