छोराले छुरा प्रहार गर्दा बाबु घाइते



७ फागुन, दमक।
झापाको दमकमा आज आफ्नै छोराले साथीहरूसँग मिलेर बाबुलाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।
छोरासहित अन्य दुई जनाले छुरा प्रहार गर्दा दोलखाको मिर्गे २ घर भई हाल दमक ११ मा डेरा गरी बस्ने ५० बर्षिय जय बहादुर तामाङ्ग घाइते भएका हुन्।




छुरा प्रहार गर्नेहरुमा जय बहादुर तामाङ्गको जेठी श्रीमतिको छोरा १८ बर्षिय संजीव, सर्लाही हरिवनका २४ बर्षिय गंगे तामाङ्ग र ललितपुर नख्खु ८ का २४ बर्षिय डिके श्रेष्ठ रहेका छन्। छुरा प्रहार गर्ने अन्य दुईजना संजिवका साथीहरु रहेको बताइएको छ।
छुरा जय बहादुरको बाँया खुट्टाको तिघ्रामा प्रहार भएको थियो। छुरा लागेर घाइते भएका उनको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीको भनाई छ। छुरा प्रहार गर्ने तीनै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


Comments