शरणार्थी शिविरमा सचेतना गोष्ठी



डिकेश लामा,
११ फागुन, बेलडाँगी।
नव निर्वाचित शिविर व्यवस्थापन समितिले शिविर क्षेत्रभित्र सुरक्षा तथा सरसफाईमा विशेष ध्यान दिन सचेतना गोष्ठी शुरु गरेको छ । नयाँ कार्य समिति नागरिकसँग परिचय गर्दै सुरक्षा, आगलागि र सरसफाईमा सवैले जोड दिनु पर्नेमा सचेत गराउँदै आएको शिविर सचिव सन्चहाङ्ग सुव्बाले बताए । सुव्बाका अनुसार शिविरलाई चुस्त दुरुस्त राख्न नव निर्वाचित सवै पदाधिकारी खटेर लागि परेका छन्।



शिविरमा बढ्दै गएको फोहोर मैलाको व्यवस्थापनका लागि शिविरभित्र मासु माछाको विक्री रोक्न सवैले पहल गरेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । चाँडै नै सवैको पहल भयो भने मासु र माछा शिविरभित्र विक्री वितरण रोकिने समितिले जानकारी दिएको छ ।
वेलडाँगी २ को सेक्टर सी र पञ्चवती विद्यालयको शाखामा दुईवटा सचेतना गोष्ठी भइसकेको सचिव सुव्बाले जानकारी दिए। गोष्ठी यसै साताभित्र वेलडाँगी १ र ३ मा हुने समितिले जानकारी दिएको छ ।





Comments