पत्रकार दाहाल सम्मानित




११ फागुन, विर्तामोड।
गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले यो पटक झापाका अग्रज तथा क्रियाशील पत्रकार गञ्जबहादुर दाहाललाई सम्मान तथा पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले प्रत्येक वर्ष एक जना क्रियाशील पत्ररकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम अन्तरगत गौरीशंकर खड्का (राजेन्द्र) को चौथो स्मृति दिवसको अवसरमा पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय कोषाध्यक्ष हरिबोल गजुरेलले १५ हजार रूपैयाँ नगद राशीसहित पुरस्कार, सम्मानपत्र तथा दोसल्ला ओडाएर दाहाललाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।





कार्यक्रममा गत वर्षको एसएलसी परीक्षामा विशिष्ठ श्रेणीमा उर्त्तीर्ण अनुप चौहान र समिक्षा अर्याललाई ३/३ हजार रूपैयाँ नगदसहित सम्मान तथा पुरस्कृत गरिएको छ ।
धर्मशीला चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानीत दाहालको जीवनीबारे पुरुषोत्तम चुँडालले वाचन गरेका थिए भने पुरस्कार छनौट समितिका संयोजक तारामणि सापकोटा दाहालको योगदानबारे चर्चा गरेका थिए । सीता भट्टराईले स्वागत गरेको कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङ, सम्मानीत व्यक्ति गञ्जबहादुर दाहाल, भरतेन्द्रकुमार मल्लिकलगायतले बोलेका थिए।





Comments