होराइजनको वार्षिक उत्सव



२४ माघ, दमक।
झापाको दमक-१० स्थित न्यू होराइजन होस्टेलले विविध कार्यक्रमका साथ आफ्नो १३ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।
उत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा होस्टेलमा रहेका पढाईमा उत्कृष्ट डेढ दर्जन विद्यार्थीलाई स्वर्ण तथा रजत पदकका विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्याप्सन पूर्वाञ्चल क्षेत्रीय सचिव तथा केन्द्रीय सदस्य नारायण प्रसाद घिमिरेले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए। होस्टेलका संस्थापक तथा कार्यक्रमका सभापति अजितलाल दासले १३ बर्षको अवधिमा ८ सय हाराहारीका विद्यार्थीहरु उत्पादन गरिसकेको र १ सय ८५ विद्यार्थीले एसएलसीमा उत्कृष्ट नम्बर ल्याएर पास गरिसकेको बताए।


होस्टलमा यस बर्ष रहेका ८१ जना विद्यार्थी रहेको कार्यक्रममा जानकारी दिइएको थियो । सो अवसरमा विविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन झापा जिल्ला सदस्य द्रोण श्रेष्ठ, प्याप्सन झापाका उपाध्यक्ष श्रवणकुमार पोखरेल, होमराज खतिवडा लगायत अन्य विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियो ।




Comments