२१ माघ, दमक।
झापाको दमकमा जिल्ला अस्पताल बनाउने तयारी भएको छ । नगरभित्र रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी ५० शैय्याको जिल्ला अस्पताल बनाउने तयारी भएको हो ।
यसअघि आम्दा अस्पतालसँगै जोडिएको स्वास्थ्य चौकी भवनलाई अस्पताल बनाउने तयारी भएको दमक नगरपालिकाका प्रबक्ता डम्बर बरालले जानकारी दिए । बिगतमा आम्दा अस्पताल सञ्चालन भएको भवन खाली भएको र त्यसैलाई उपयोग गरी अस्पतालको रुपमा बिकास गरिने उनले जानकारी दिए ।
अस्पताल सञ्चालन भएको भवनलाई बिकास गर्नका लागि शरणार्थी सम्बन्धी उच्चआयोग युएनएचसीआरले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । हाल आम्दा अस्पताल सञ्चालन भएको भवन प्रयोगबिहिन अवस्थामा रहेको छ । झापाको भद्रपुरमा मात्र सरकारी अस्पताल मेची अञ्चल अस्पताल रहेको छ ।
आम्दा अस्पताल भुटानी शरणार्थीहरु बसोबास गर्न थालेदेखि दमकमा स्थापना भएको हो । अहिले सो अस्पताल अत्याधुनिक भवनसहित दमक-२ खरखरेमा सञ्चालन हुँदै आएको छ ।

Comments
Post a Comment