सपनको भुन्टे दाई सार्वजनिक





गायक सपन श्रेष्ठको 'भून्टे दाई' एल्वममा समाविष्ट 'बोलायो बोलायो....' गीतको चर्चा सेलाउन नपाउँदै सपनले सोही एल्वमका शीर्ष गीतको म्यूजिक भिडियो प्रिमियर गरेका छन् । आइतबार अग्रज गायक दीप श्रेष्ठको हातबाट भिडियो सार्वजनिक गरिएको थियो । उक्त म्यूजिक भिडियो प्रसन्न पौडेलले निर्देशन, विदुर पाण्डेले छायांकन र टेकेन्द्र साहले सम्पादन सम्पादन गरेका हुन् ।




भिडियोमा निक्कै रुचाइएका मोडल पल साह, विनोद न्यौपाने, प्रज्वल गिरी, अनुपम श्रेष्ठ, रविना श्रेष्ठ, समिक्षा बस्नेत, रैनी रैन, सुरेश कुमार राई, डान्स इन्डिया डान्सका टपटेन फाइनलिष्ट नरेश सिंह र गायक श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।
उक्त भिडियो प्रिमियर कार्यक्रममा मोडल पल साहको जन्मदिन परेकोले साहले केक काटेर बर्थडे सेलिब्रिट गरेका थिए भने गायक सपनले आफ्ना गीतहरु सुनाए ।

प्रस्तुति - सन्तोष राई






Comments