झापाका पाँच एम्बुलेन्स कारवाहीमा, सवै दमकका




२८ माघ, दमक ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जिल्लाका पाँचवटा एम्बुलेन्सलाई कारवाहीको सिफारिस गरेको छ । आपराधिक गतिविधिमा एम्बुलेन्सको प्रयोग गर्ने क्रम बढेपछि नियमविपरित सञ्चालित भएको भन्दै कार्यालयले ती एम्बुलेन्सलाई कारवाहीको सिफारिस गरेको हो ।
विर्तामोड, सुरुङा र दमकमा १७ वटा एम्बुलेन्समा अनुगमन गरिएको थियो । सो क्रममा कारवाहीमा परेका पाँचवटामध्ये एउटा नक्कली एम्बुलेन्स सञ्चालन गरेको पाइएको थियो ।




मे १ च १७३३ नम्बरको भोटु स्मृति प्रतिष्ठान दमक, मे १ च ८३५ नम्बरको लाइन्स क्लब अफ दमक, को १ च ४३७१ नम्बरको लाइफ लाइन अस्पताल दमक र मानबहादुर स्मृति प्रतिष्ठान दमकद्वारा सञ्चालित एम्बुलेन्सलाई कारवाहीको सिफरिस गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए । कारवाहीमा सिफारिस गरिएका ती एम्बुलेन्सलाई तीनदिनभित्र जिल्ला जनस्वास्थ्य कार्यालय झापा, जिल्ला ट्राफिक कार्यालय झापा, र यातायात व्यवस्था कार्यालयमा सवारीसहित उपस्थित हुन आदेश दिएको छ ।

एम्बुलेन्समा व्लुबुक, लाइसेन्स, दररेट, विरामीका लागि अक्सिजन लगायत एम्बुलेन्समा हुनुपर्ने प्राथमिक उपचारका सामाग्री नराखिएको, बाहिरपट्टी नेपाल सरकारको राजश्व छुटमा उपलब्घ नलेखिएको पाइएपछि पाँचवटा एम्बुलेन्सलाई कारवाहीका लागि सिफारिस गरिएको जनाइएको छ ।
जनस्वास्थ्य कार्यालयले विर्तामोडको कन्काई हस्पिटल, मनमोहन हस्पिटल, विर्तासिटी हस्पिटल, दमकको लाइफलाइन हस्पिटल, आम्दा हस्पिटल सुरुङ्गा र दुधेमा पार्किङ गरी राखिएका एम्बुलेन्सहरु अनुगमन गरेको थियो ।





Comments