युवतीहरूलाई ठग्दै हिँड्ने झापाका तामाङ काठमाण्डौमा पक्राउ



२ फागुन, काठमाडौं।
युवतीहरुलाई बिभिन्न प्रलोभन देखाई रकम ठगी गर्दै हिँड्ने झापा धरमपुर–२ का ३३ वर्षीय बीरबल तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले बिहीबार काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको छ ।
तामाङले विभिन्न उमेर समूहका युवतीहरुसँग आफू हङकङ र युकेको आइडीवाला भएको भनी बिभिन्न बहानामा भेट्ने तथा विबाह गरी विदेशसमेत लैजाने प्रलोभन देखाई ठगी गर्ने गरेको पाइएको छ। पेशागत रूपमै तामाङले महिलाहरूलाई निशाना बनाई हालसम्म बिभिन्न युवतीहरुबाट ३० लाख ५० हजार रुपैयाँ नगद तथा सुनका सिक्री, औंठी लगायतका गरगहनाहरूसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।



तामाङबाट बिभिन्न ब्यक्तिहरुको नामका ६ थान एटीएम कार्ड, २ लाख ३० हजार रुपैयाँ नगद र सुनका गरगहनाहरुसमेत बरामद भएको बताइएको छ । तामाङबिरूद्ध हालसम्म ५ जना पीडितबाट ठगी तथा जबरजस्ती करणी उद्योग मुद्दामा जाहेरी दरखास्त परेको छ ।






Comments