२५ माघ, उर्लाबारी।
मंगोलियन हर्ट ब्याण्डले मोरङको उर्लाबारीमा शनिवार साँझ साँगीतिक प्रस्तुतीमार्फत भरपुर मनोरञ्जन प्रदान गरेको छ ।
भिजन फाउडेण्सन उर्लाबारीले स्थानीय होटल सिंघिममा विन्टर सेलिब्रेशन २०७१ कार्यक्रमको आयोजना गरी मंगोलिलयन हर्ट ब्याण्डलाई प्रस्तुत गराएको थियो ।
पहिलोपटक उर्लाबारीमा प्रस्तुत भएको मंगोलिन हर्ट ब्याण्डका राजु लामा र उनका ब्याण्ड मेम्बरको उपस्थितिले दर्शकहरू धेरै उत्साहित देखिएका थिए ।
स्टेजमा आउने बित्तिकै उनले 'मेरो नेपाल' बोलको गीत गाए । उनले क्रमशः बादल पारीको देशबाट, गाउँकी कान्छी साह्रै नै राम्री, सोल्टिनी कान्छी क्या राम्री, हे देउता जुराई देऊ एउटा, हेर्दा हेर्दै, उँभो उँभो खासा म जाँदा, सायद तिम्रो बाटोमा लगायतका चर्चित गीत गाउँदा दर्शकहरू पसिना छुट्ने गरी नाचेका थिए । लाखौं कोशिस गर्दा पनि, तिमीलाई देखेर, पखाईमा, हल्ला चलेछ लगायतका गीतमा दर्शकहरु मन्त्रमुग्ध हुँदै हात हल्लाएर साथ दिएका थिए । गायक लामाले जति गीत गाए दर्शकले वान्स मोरको हुटिङ भने छाडेनन् ।
'गीतमात्र सुनिएको थियो, प्रत्यक्ष कार्यक्रम हेर्न पाउँदा आनन्द महशुस भयो' दर्शक दीर्घामा रहेका एक दर्शक भन्दै थिए ।
- किशोर श्रेष्ठ

Comments
Post a Comment