बाणिज्य कपको उपाधि रेडिमेड कपडा व्यवसायीलाई



१ फागुन, दमक।
झापाको लखनपुरमा सञ्चालित प्रथम दमक बाणिज्य कप फूटबल प्रतियोगीताको उपाधि रेडिमेड कपडा व्यवसायीले हात पारेका छन् । लखनपुरस्थित निर्माणाधीन रंगशालामा शुक्रवार भएको सो प्रतियोगितामा जुत्ता चप्पल व्यवसायीलाई ३ शून्यका गोल अन्तरले हराउँदै रेडिमेड कपडा व्यवसायीले उपाधि जितेको हो । जीतका लागि रेडिमेडका गोविन्द सेनेहाङले एक गोल गरेका थिए भने २ वटा गोल आत्मघाती भएको थियो ।
उपाधिसँगै विजेता टिमले २५ हजार ५ सय ५५ रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफि हात पारेको आयोजक दमक उद्योग बाणिज्य संघका सदस्य तथा खेल संयोजक विमल खतिवडाले जानकारी दिए ।




त्यस्तै, उपविजेता टिमले १५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित शिल्ड पाएको छ । यसैगरी, जुत्ता चप्पल टीमका शिव श्रेष्ठ सर्वोत्कृष्ठ खेलाडी घोषित भए ।
प्रतियोगिताको उद्घाटन दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले गरेका थिए ।
दमक उद्योग बाणिज्य संघको आयोजनामा भएको प्रतियोगीतामा ८ वटा बस्तुगत संघहरु सहभागी रहेका छन । संघका अध्यक्ष प्रकाश प्रसाईंको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन संघका द्वितीय उपाध्यक्ष गोपाल गुरागाईले गरेका थिए । समापन कार्यक्रमको सभापतित्व खेल संयोजक खतिवडाले गरेका थिए ।


Comments