संघीय युवाको अध्यक्षमा राई



४ फागुन, दमक।
संघीय युवा संघको झापा क्षेत्र नं ७ को अध्यक्षमा गंगा राई चयन भएका छन् ।
झापाको दमकमा सम्पन्न युवा संघको भेलाले राईको अध्यक्षमा १५ सदस्यीय क्षेत्रीय समितिको चयन गरेको हो । समितिको सदस्यहरुमा मनिस सुव्वा, सन्दीप दाहाल, सन्दीप राई, कपिल लिम्बु, लक्ष्मी गुरुङ, विनोद भण्डारी, खगेन्द्र अधिकारी, दिपेन्द्र पोखरेल, सुमन राई, प्रकाश राई, सन्दीप तामाङ, नारायण चापागाईं, सन्तोस राई चयन भएका छन् ।



संघीय समाजवादी पार्टी दमक नगर कमिटिको सभाहलमा सम्पन्न भएको भेलाको प्रमुख अतिथिमा संघीय समाजवादी पार्टी झापा जिल्ला उपाध्यक्ष तथा संगठन विभाग प्रमुख दिपेन बाला राई रहेका थिए।
भेलामा उपाध्यक्ष राई, केन्द्रिय सदस्य विश्वदिप लिङ्देन, जिल्ला अध्यक्ष धिरेन लावती, प्रदेश समिति सदस्य पदम कुमारी राई, सुरेश लावती, संघीय युवा संघका जिल्ला अध्यक्ष जीवन राई, अग्रगामी विद्यार्थी युनियन झापाका अध्यक्ष मन कुमार लिम्बु, युवा संघका प्रदेश सदस्य अभिषेक मावो लगायतले बोलेका थिए ।


Comments