२० लाख खर्चेर मन्दिर बनाइदिँदै संग्रौला दम्पति




१५ फागुन, दमक।
झापाको कोहबराका एक दाताले आफ्नै खर्चमा महादेवको मन्दिर निर्माण गरिदिने भएका छन् ।
कोहबरा ४ का शंकर संग्रौलाले सोही ठाउँमा सुखुना महादेवको मन्दिर निर्माण गरिदिने भएका हुन् ।
आज एक कार्यक्रमका बीच उनले मन्दिरको शिलान्यास गरेका छन् ।
मन्दिर निर्माणका लागि आवश्यक सबै भौतिक सामाग्रीहरु जुटाई संग्रौलाले मन्दिर निर्माण गरिदिने प्रतिबद्धता जनाएको मन्दिर निर्माण समितिका सचिव श्रीचन्द्र श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने सचिव श्रेष्ठले बताए।



मन्दिर शिलान्यासका लागि आयोजित कार्यक्रममा कार्यक्रममा दाता संग्रौला दम्पतीलाई सम्मान गर्दै बाजागाजासहित गाउँ परिक्रमा गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी छत्रपति सुबेदी, रामकुमारी पौडेललगायतले मन्दिर निर्माण लागि संग्रौलाले गरेको योगदानको चर्चा गरेका थिए।





Comments