प्रशासन कार्यालयको क्षेत्र विस्तार




१ फागुन, दमक।
झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले सेवा क्षेत्र आज शुक्रबारबाट थप विस्तार गरेको छ ।
आजबाट झापाको माइपश्चिम क्षेत्रका थप तीन गाविस र कान्छो नगरपालिकाका रुपमा रहेको शिवसताक्षी नगरपालिकाको समेत प्रशासनिक काम दमकबाटै गरिने कार्यालय प्रमुख बासुप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार धरमपुर, महाभारा र पाँचगाछी गाविसको समेत नागरिकता बनाउने, राहदानी बनाउने लगायतका प्रशासन कार्यलयबाट दिने सेवाहरु दमकबाटै प्रदान गरिनेछ । यसबाट ती गाविसका हजारौं सर्वसाधारणले सदरमुकाम चन्द्रगढी धाउनु पर्ने बाध्यता टरेको कोइरालाको भनाई छ ।

यसअघि बेलडाँगी रोडमा रहेको सो कार्यालय दमक-११ स्थित युएनएचसीआरको कार्यालय नजिकै सरेपछि गृह मन्त्रालयको निर्णयअनुसार ती क्षेत्रको पनि कामकाज सोही कार्यालयबाट गर्न थालिएको हो ।



Comments