स्वास्थ्य चेतना जगाउँदै एनएमसी




४ फागुन, बिर्तामोड।
एनएमसी महिला समितिले आज गरामनीमा महिला जनस्वास्थ्यसँग सम्बन्धित अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महिला समितिका संयोजक भगवती घिमिरे र सदस्य हेमा सिटौलाले सहजीकरण गरेको प्रजनन स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रममा गरामनी क्षेत्रका सयौं महिला पुरुषको सहभागिता थियो ।
संस्थाका कार्यालय रहेका जिल्लाका विभिन्न सहर तथा गाउँमा पुगेर महिलाहरुले भोग्दै आएका यौनजन्य र प्रजनन समस्याका बारेमा सहभागीलाई सचेतना प्रदान गरिएको हो ।



संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक सदस्यहरु डम्बरबहादुर बस्नेत, हरिचरण शिवाकोटी, बिर्तामोड कार्यालयगत समितिका गोविन्दबिक्रम गिरी, कार्यालय प्रमुख चेतन शर्मा पौडेललगायतको सहभागीतामा कार्यक्रम सञ्चालन गरिएको हो ।

सो अवसरमा बिर्तामोड कार्यालय प्रमुख पौडेलले २०७१ माघ मसान्तको कारोबार बिवरण प्रस्तुत गरेका थिए भने सञ्चालक सदस्य बस्नेतले संस्थाको चिनारीसहित गतिविधि सुनाएका थिए । भगवती घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव तेजकुमारी घिमिरेले गरेकी हुन् ।



Comments