दोश्रो टोपी दिवस मनाउने तयारी



१४ फागुन, बिर्तामोड।
नेपालीको गौरब नेपाली ढाका टोपीको पहिचान बढाउन झापाको बिर्तामोडमा नेपाली टोपी दिवस मनाउने तयारी गरिएको छ ।
हरेक बर्ष मार्च १ तारिक अर्थात् यस बर्ष फागुन १७ गते आइतवार नेपाली टोपी दिवस मनाउन लागिएको हो । बिर्तामोडमा द आर्ट अफ लिभिङ, झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोड र मित्रनगर टोल सुधार तथा व्यवस्थापन समितिले संयुक्त रुपमा नेपाली टोपी दिवस मनाउने तयारी गरेका हुन्। विर्तामोडमा जिल्लाका संघ-संस्थाको सहभागितामा पुरुषले नेपाली टोपी लगाए र महिलाले गुन्यू चोलीका साथ संस्थाको व्यानरसहित र्‍यालीमा सहभागी भइ नगर परिक्रमा गर्ने र कोण सभा समेत हुने आयोजक बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए ।



कार्कीका अनुसार नेपालीको गौरब र पहिचान विश्वभर स्थापित गर्न र मौलिक संस्कृति तथा भेषभुषा जोगाउन दिवस मनाउन लागिएको हो । कार्यक्रम सम्पन्न गर्न द आर्ट अफ लिभिङका छवि पौडेललाई संयोजक तोकिएको छ । आयोजक मध्येको मित्रनगर टोलका सचिव अच्यूत दाहालले यस क्षेत्रका संघ-संस्थालाई व्यानरसहित नेपाली टोपी दिवसमा सहभागिता जनाउन आग्रह गरेका छन् ।
विर्तामोडमा अघिल्लो बर्षबाट नेपाली टोपी दिवस मनाउन थालिएको हो ।




Comments