महापुराणबाट ५५ लाख रूपैयाँभन्दा बढी संकलन




२८ माघ, खजुरगाछी।
साधु सन्यास एवं जिर्णोद्वार तथा एकल महिला आश्रम निर्माणका लागि गौरीगंज खजुरगाछीस्थित ऐतिहासिक धार्मिक धरोहर वैजेश्वरनाथ शिवालय तथा कोटेश्वर मन्दिरमा भएको श्रीमद्भागवत महापुराण धन-धान्याचल महायज्ञमा ५५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।



माघ २२ गतेदेखि २८ गतेसम्म भएको महापुराणमा नगदसहित २३ कठ्ठा जग्गा, ३ वटा कोठाको निर्माण, धान, चामल संकलन भएको आर्थिक समितिका सहसंयोजक सानुराजा श्रेष्ठले बताए । पण्डित दिनबन्धु पोख्रेलले कथा वाचन तथा संगीतमय भजन कीर्तन भएको महापुराणमा दैनिक विहान योग शिविर, संगीतमय भजन भएको थियो । मन्दिरका महन्त हेमानन्द गिरीले सेवाभावबाट प्रेरित सबै भक्तजनबाट संकलन भएको रकमबाट आफू प्रफूल्लित भएको बताइन् । पुराणको खर्चको पुरा विवरण आइनसकेको जनाइएको छ



Comments