खुकुरी प्रहारबाट एक घाइते




२८ माघ, दमक।
झापाको कनकाईमा मंगलबार राति खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्।
मादक पदार्थ सेवन गरी आपसी बिबाद हुँदा कन्काई नगरपालिका १ का ३१ बर्षिय शिर बहादुर दनुवार र २८ बर्षिय अर्जुन दनुवारले स्थानीय युबराज खडकालाई टाउकोमा खुकुरीले प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
खुकुरी प्रहारबाट घाइते भएका खडकाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने शिर बहादुर प्रहरीको नियन्त्रणमा छ भने अर्जुन फरार रहेकोले उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ।



Comments