नगेन्द्र राई,
२७ माघ, दमक।
बर्षेनी लाग्ने प्रजातन्त्र मेला यसपटक पनि पाँचथरको दशमी वजारमा लाग्ने भएको छ ।
मेलामा नृत्य तथा गायन प्रतियोगिता, कृषि सामाग्री प्रदर्शनी, मोटरसाइकल स्लो गुडाउने प्रतियोगिता, फुटवल प्रतियोगिता, भाग्यशाली चिठ्ठालगायत रहेको आयोजकले जनाएको छ ।
भाग्यशाली चिठ्ठाको प्रथम पुरस्कार एक थान पल्सर मोटरसाइकल, फुटवल विजयीलाई २५ हजार नगद लगायत रहेको छ । त्यसैगरी अन्य प्रतियोगिताका विजयीलाई पनि पुरस्कारको ब्यवस्था रहेको छ । फागुन ७ देखि १२ गतेसम्म चल्ने मेलाको उद्घाटन उद्योग वाणिज्य तथा उपभोक्ता हित संसदीय समितिका सभापति तथा संविधानसभाका सभासद माननीय भिष्मराज आङदेम्बेले गर्ने मेला आयोजक समिति सदस्य राजन राईले वताए ।
मेला अवधिभर दैनिकजसो राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारले मनोरन्जन दिने वताइएको छ । हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढो), गायकहरु प्रमोद खरेल, अनिल थुलुङ, जुना दुमी, इशन राई, कोपिला राई र इशान ब्याण्डको समेत प्रस्तुति हुने आयोजक संयुक्त युवा फूलबारी समूहले जनाएको छ ।

Comments
Post a Comment