मोवाइलको महशुल घट्ने भो ।

नेपाल टेलिकमले वितरण गरेका सवै मोवाइलको महसुल फागुनदेखि घटाउने निर्णय गरेछ । कुरो सुन्दा त सवै मोवाइल प्रयोगकर्ताहरु खुशी नै हुनु पर्‍यो । तर टेलिकमले मुख्य रुपमा आफ्ना ग्राहकका हितमा (र आफ्नो पनि किनकी "ग्राहकको हित नै सेवाप्रदायकको हित हो" भन्ने सिद्धान्तलाई अवलम्वन गर्ने हो भने) गर्नु पर्ने अन्य धेरै कामहरु छन् । जस्तै : नेपाल टेलिकमको नेटवर्क साच्चै नै भन्ने हो भने संसारकै खराव नेटवर्क होला । यसलाई सुधार गर्नु अति आवश्यक छ । त्यस्तै पोष्टपेड मोवाइलको न्युनतम मासिक शुल्क पनि अति नै धेरै भयो । ५०० रुपैया र कर सर गर्दा रु‌ ६२१.५० प्रति महिनाको सट्टा कमसे कम रु‌. २०० (कर समेत रु २४८.६०) सम्म पार्ने हो भने पोष्टपेड मोवाइल प्रयोगकर्ताहरु धेरै नै खुशी हुने थिए ।

Comments