सांसद कि ................. ?

अव त यी फुटेका आँखाले पनि के के पो देख्न पाइन थाल्यो त । अपराधीहरुले त खुल्लम खुल्ला व्ल्याकमेल गर्न सक्दैनन् तर अव यो देशमा त सांसदहरुले नै खुल्ला रुपमा सरकारसँग व्ल्याकमेल गर्न थाले नि । कि यति पैसा दे नत्र तेरो छोरो मारिदिन्छु भन्नु र कि हामीलाई १० लाख दे नत्र हामी बजेट पास गर्दैनौं भन्नु एउटै कुरो होइन र ? अव यिनीहरुलाई माननिय सांसद महोदय भन्नु कि खुँखार अपराधी भन्नु ? म त दोधार मै परें वा .... । अपराधी भनौं उनिहरु यो देशको कानुनभन्दा माथि छन् । कानुनले त उनिहरुलाई छुन पनि सक्दैन । सांसद भनौं खुल्लम खुल्ला त्यस्तो जघन्य अपराध गर्छन् । अव कसैले यसलाई अपराध नभन्न पनि सक्छन् । तर यसलाई अपराध नमान्ने हो भने मानौं एउटा व्यापारीले सरकारलाई मलाई दुई करोडको सामान विना भन्सार ल्याउन दे नत्र म मैले तिर्नु पर्ने कुनै पनि कर तिर्दिन भन्न पाउने भो । त्यस्तै एउटा कर्मचारीले मैले यति घुस खान पाइन भने यो काम म ज्यान गए पनि गर्दिन भन्न पाउने भो नि हैन त ।

जे होस् हामी नेपाली जनताले रगत पसिना बगाएर ल्याएको लोकतन्त्रको यी जाली नेताहरुले राम्रैसँग सदुपयोग गरिरहेछन् । कसैलाई मागी खाने भाँडो भएको छ कसैको लागि यो देश उसको बावुको विर्ता भएको छ । कसैलाई यो देशको राजस्व उसको वाउको ढुकुटी भएको छ । कोही चाहिँ आफ्नै सम्पत्ति जस्तो गरेर मन्त्रीको कुर्सी छोराछोरीलाई अंश दिन्छन् । बुझिनसक्नु छ यो देशका नेताहरुको चाला ।

Comments