दिनको ९ घण्टा लोडसेडिङ्ग

मागेजति विजुली भारतले दिएन भनेर विद्युत प्राधिकरणले आजदेखि दिनको १२ घण्टा लोडसेडिङ्ग गर्न थालेको छ । हुन त आज कान्तिपुरले पूर्वाञ्चलमा हप्ताको ३ घण्टा मात्र थपेको भनेको छ तर यहाँ दमकमा त आज एकै दिनमा ९ घण्टा लोडसेडिङ्ग भइसक्यो । अव राति एक पटक अझै जान बाँकी छ रे । प्राधिकरणको दमक कार्यालयमा फोन गरेर बुझ्दा ५० मेगावाट दिइरहेको भारतले ३० मेगावाट मात्र दिनथाल्यो रे । त्यही भएर ३-३ घण्टामा लोडसेडिङ्ग गर्नु पर्ने भयो रे । यो भारतले पनि कति निहुँ खोजेको होला ? कहिले सीमा अतिक्रमण गरेको छ कहिले कता कता कस कसलाई उचालेको छ । राजनीतिमा उस्तै हस्तक्षेप छ, अर्थतन्त्रमा झन सार्‍हो हस्तक्षेप । अव त ८ रुपैंया घटीमा विजुली नदिने रे । बुद्धि त नेपालकै नेताहरुको नभएर हो नि । पोहोर परारै चीनले विजुली दिने कुरा गरेको थियो रे । बरु त्यतिवेला नै खुरुक्क चीनबाट ल्याएको भए आज यो दिन देख्नु पर्ने त थिएन होला । अझै पनि केही विग्रिएको छैन, चीनसँग एकपटक आग्रह गर्ने हो भने त चीनले अवश्य पनि दिन्छ होला ।

Comments