हतियारसहित शिक्षक पक्राउ




तेज बन विश्वासी
१२ चैत, सुनसरी।
एसएलसी परीक्षा चलिरहेको समयमा परीक्षा केन्द्र आसपास हतियार बोकेर हिँड्ने एक शिक्षक पक्राउ परेका छन् ।
सुनसरीको बबिया गाविसस्थित साम्बालचोकबाट लोड गरिएको सिक्सर पेस्तोलसहित शिक्षक हरियाल यादव बुधवार साँझ पक्राउ परेका हुन् । उनी योभन्दा अगाडी पनि हतियारसहित पक्राउ परी धरौटीमा छुटेका थिए ।



प्रहरी नियन्त्रणमा रहेका शिक्षक यादवको विषयमा अनुसन्धान भइरहेको हुँदा कस्तो कार्वाही हुने भन्ने विषयमा केही भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले बताए ।



Comments